३ कार्तिक २०८३, मंगलबार

पिंक स्पोर्ट ब्रा र ट्राउजरमा गर्भवती करीना

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । बलिउड नायिका करीना कपूर अहिले दोस्रो प्रेग्नेसी अर्थात गर्भवती भएकी छिन् । हालै उनले एउटा हट फोटो सुट समेत गराएकी छिन् । सुटका तस्बिरमा उनले प्रेग्नेसीमै योगा गरेको देख्न सकिन्छ ।

सार्वजनिक केही तस्बिरमध्य पहिलोमा करीना पिंक स्पोर्ट ब्रा र ट्राउजरमा देखिएकी छिन् । यसका साथ उनले सुहाउँदो ज्याकेट समेत लगाएकी छन् । तस्बिरमा उनले आँखा बन्द गरेर जमिनमा बसेर योग गरेको समेत देख्न सकिन्छ ।

तस्बिरका साथ करीनले लेखेकी छन् – ‘थोरै योग, थोरै शान्ति ।’ दोस्रो तस्बिरमा करीना कालो पहिरनमा देखिएकी छिन् । यो पहिरनमा पनि उनले योगका केही फरक आसन गरेकी छन् ।

कामको कुरा गर्ने हो भने करीनाले फिल्म ‘लाल सिंह चढ्डा’को सुटिङ सकेकी छिन् । फिल्ममा आमिर खानको समेत मुख्य भूमिका रहेको छ । एजेन्सी