सोमबार, ३१ वैशाख २०८१
DainikNepal.com
सोमबार, ३१ वैशाख २०८१

भारतमा भोक हडताल, दिल्लीमा इन्टरनेट सेवा बन्द

दैनिक नेपाल २०७७ माघ १८ गते ९:२०

नयाँदिल्ली, १८ माघ । किसानले भोक हड्तालको सुरु गरेपछि भारतको नयाँ दिल्लीमा इन्टरनेट सेवामा प्रतिबन्ध लगाइएको छ ।

शान्ति सुरक्षाका लागि भन्दै किसानले पक्कड जमाएका दिल्लीका तीन क्षेत्रलाई लक्षित गरी इन्टरेनटमा प्रतिबन्ध लगाइएको भारतीय सञ्चारमाध्यमलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

भोक आन्दोलनरत किसानहरुलाई लक्षित गरेर दिल्लीको सिङ्घु, गाजीपुर र टिक्रीमा मोबाइल इन्टरनेटमा बन्द गरिएको हो । आज मध्यरातसम्म नै मोबाइल इन्टरनेटमा प्रतिबन्ध लाग्ने त्यहाँको सरकारले जनाएको छ ।

भारत सरकारले ल्याएको कृषिसम्बन्धी नयाँ कानुन फिर्ता लिनुपर्ने भन्दै लामो समयदेखि किसान आन्दोलनमा छन् । विदेशी ठूला लगानीकर्तालाई आकर्षित गर्ने गरेर सरकारले ल्याएको कानुनले आफूहरुलाई विस्थापित गर्ने किसानको गुनासो छ ।

आन्दोलनरत किसान र सरकारबीच यसबीचमा पटक(पटक वार्ता भएपछि निष्कर्ष निस्कन सकेको छैन । आन्दोलनरत किसानले भारतको गणतन्त्र दिवसका अवसरमा दिल्लीमा ट्र्याक्टरसहित र्‍याली निकालेका थिए ।

प्रतिक्रिया
सम्बन्धित