१० कार्तिक २०८३, मंगलबार

अनलाइन प्रणालीमा पनि समस्या

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ माघ । चालक अनुमतिपत्रको परीक्षाका लागि आवेदन दिन सुरु गरिएको अनलाइन प्रणालीमा समस्या देखिएको छ ।

आवेदकले अनलाइनमार्फत आफ्नो विवरण भर्ने क्रममा समस्या आइरहेको र समाधानका लागि प्रयास भइरहेको यातायात व्यवस्था विभागका वरिष्ठ कम्प्युटर इन्जिनियर पवित्र डंगोलले बताए ।

अनलाइन प्रणालीमार्फत कति जनाले आवेदन दिए भनेर हेर्न पनि समस्या भइरहेको र समस्याबारे जानकारी गराए पनि समाधान भने नभएको उनको भनाइ छ ।

अहिलेसम्म २ लाखभन्दा धेरै व्यक्तिले अनलाइनमार्फत आवेदन दिएको अनुमान गरिए पनि प्रणालीमा देखिएको समस्याले कतिले आवेदन दिए भनेर ठ्याक्कै भन्न सकिने अवस्था नरहेको विभाग वरिष्ठ कम्प्युटर इन्जिनियर डंगोल बताए ।