२ कार्तिक २०८३, सोमबार

हिमपातले जापानमा एक सयभन्दा धेरै उडान रद्द

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

टोकियो, १७ माघ । जापानमा शुक्रबार एकैदिनमा झण्डै एक सय उडान रद्द भएका छन् ।

अत्याधिक हावाहुरी र हिमपातका कारण यति धेरै उडानहरू रद्द भएको अधिकारीहरूले जानकारी दिएका छन् । हावाहुरी र हिमपात विशेष गरेर देशको उत्तरी भागमा परेको हो ।

जापानका सबैभन्दा ठूला विमान सेवा प्रदायक कम्पनी मानिने अल निप्पन एयरवेज ९एएनए० र जापान एयरलाइन्स ९जेएएल०ले मात्रै क्रमशः ४६ र ३४ ओटा उडान रद्द गरेको जनाइएको छ ।

धेरै उडान होकाइदो र उत्तरी होन्शुबाट हुने उडान रहेको अधिकारीहरुले जानकारी दिएका छन् । कुल ९८ ओटा उडान रद्द भएको हो । होकाइदोमा शुक्रबार प्रति सेकेण्ड ३० मिटरको गतिमा हावा हुरी आएको थियो ।