१० कार्तिक २०८३, मंगलबार

धनुषामा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनुषा, १६ माघ । लक्ष्मीनिया गाउँपालिका ४ सपहीस्थित सडकमा ना.४ ख १०६९ नम्बरको बसको ठक्करबाट साइकलयात्री सोही गाउँपालिका ३ बस्ने ५० वर्षीय दिपचन्द्र यादवको शुक्रबार बिहान मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको जानकी हेल्थ केयर अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।