१० कार्तिक २०८३, मंगलबार

मकवानपुरमा बस दुर्घटना हुँदा २२ जना घाइते

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भकाठमाडौँ, १६ माघ । मकवानपुरको पूर्वी भेग धियालबाट हेटौँडातर्फ आउँदै गरेको ना ३ ख ३३४४ नम्बरको यात्रुबाहक बस धरान चतरा सडकखण्डको छतिवनमा आज बिहान सडकमा राखिएको जालीमा ठोक्किएर दुर्घटना हुँदा बसमा यात्रा गरिरहेका २२ जना यात्रु घाइते भएका छन् ।

यात्रुलाई स्थानीय गाउँले र प्रहरीले उद्धार गरी उपचारका लागि हेटौँडा र चुरेहिल अस्पतालमा ल्याई उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

घाइते यात्रुलाई हेटौँडा अस्पताल र चुरेहिल अस्पतालमा भर्ना गरिएको र उनीहरुको अवस्था अहिले सामान्य रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अभिनाश अधिकारीले जानकारी दिए ।

बसका चालकलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिई सोधपुछ गरिरहेको पनि उनले बताए । –रासस