२ कार्तिक २०८३, सोमबार

इङ्ग्लिस प्रिमियर लिगमा लिभरपुल विजयी

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, १६ माघ । इङ्ग्लिस प्रिमियर लिगमा लिभरपुल विजयी भएको छ ।

बिहीबार राति भएको खेलमा लिभरपुलले टोटनह्याम हस्टपरलाई उसकै मैदानमा ३–१ गोल अन्तरले हरायो ।

लिभरपुलका लागि रोबर्टो फिर्मिनो, ट्रेन्ट एलेक्सान्डर अर्नोल्ड र सार्डियो मानेले गोल गरे । टोटेनह्यामका लागि पिएरे इमिल होब्जजर्गले एक गोल गरे ।

जितसँगै लिभरपुल २० खेलबाट ३७ अङ्क जोडेर चौथो स्थानमा उक्लिएको छ । टोटेनह्याम १९ खेलबाट ३३ अङ्क जोडेर छैठौं स्थानमा छ । लिभरपुलभन्दा एक खेल कम खेलेको म्यानचेस्टर सिटी ४१ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ ।