सोमबार, ३१ वैशाख २०८१
DainikNepal.com
सोमबार, ३१ वैशाख २०८१

यूकेमा गरिएको परीक्षणमा कोरोनाविरुद्धको नोभाभ्याक्स ८९ प्रतिशत सुरक्षित

दैनिक नेपाल २०७७ माघ १६ गते ८:०२

न्युयोक, १६ माघ । अमेरिकी वायोटेक्नोलोजी कम्पनी नोभाभ्याक्सले भनेको छ– परीक्षणका क्रममा रहेको उसको कोभिड–१९ विरुद्धको खोपले ८९ प्रतिशत सुरक्षा दिने देखाएको छ ।

संयुक्त अधिराज्यमा १५ हजार जनामा गरिएको परीक्षणमा त्यस्तो नतिजा पाइएको उक्त कम्पनीले जनाएको बीबीसीले उल्लेख गरेको छ । यस परीक्षणमा सहभागी एक चौथाईभन्दा धेरै मानिसहरू ६५ वर्ष उमेर माथिका थिए ।

यूकेले अहिलेसम्म तीनवटा खोपलाई आपत्कालिन प्रयोगको स्वीकृति दिएको छ। ती अक्सफर्डरएस्ट्राजेनिका, फाइजररबायोएनटेक र मोडेर्ना खोपहरू हुन् ।

यूकेबाट सुरु भएको पाइएको निकै उच्च सङ्क्रमणदर रहेको भाइरसको नयाँ प्रकार फैलिरहंदा यस्तो परीक्षण भएको हो ।

जसकै कारण यो खोपले नयाँ प्रकारको भाइरसबाट समेत सुरक्षित राख्ने बताइएको छ । अझै केही बढ्ता सङ्क्रामक भिन्न प्रकार दक्षिण अफ्रिकामा पनि पाइएको छ ।

जहाँ थोरैमा गरिएको परीक्षणमा एचआइभी नभएका मानिसहरूमा त्यो ६० प्रतिसत प्रभावकारी देखिएको छ । यूकेका प्रधानमन्त्रीले यस सुखद् समाचारको स्वागत गरेका छन् ।

उनले अब त्यसलाई आफ्नो देशको स्वास्थ्य नियामकले जाँच्ने बताएका छन् । यूकेले आफ्नै देशको स्टकटन(अन(टिज शहरमा उत्पादन गरिने यस खोपको ६ करोड मात्रा सुनिश्चित गरिसकेको छ ।

नियामकबाट प्रयोगका लागि बाटो खोलिएका हकमा खोपका ती डोजहरू सन् २०२१ को दोस्रो अर्धवार्षिक अवधिमा उपलब्ध हुने अपेक्षा गरिएको छ ।

अक्सफर्ड विश्वविद्यालयले विकास गरेको खोपपछि नोभाभ्याक्स यूकेमा ठूलो मात्रामा परीक्षण गरिएको दोस्रो खोप हो ।

तेस्रो चरणको परीक्षणका बेला सहभागिमा यो कोभिड–१९ बाट जोगाउनका लागि ८९.३ प्रतिसत प्रभावकारी देखिएको थियो ।

१८.८४ उमेर समूहका सहभागि १५ हजार जनामध्ये २७ प्रतिसत ६५ वर्षभन्दा बढि उमेर समूहका रहेको नोभाभ्याक्सले जनाएको छ । यूके सरकारको खोप कार्यदलका अध्यक्ष क्लाइभ डिक्सले उक्त नतिजालाई ुसानदारु बताएका छन् ।

ब्रिटिश स्वास्थ्यमन्त्री म्याट ह्यानककले यदि खोप स्विकृत भएमा राष्ट्रिय स्वास्थ्य सेवा एनएचएस त्यसलाई वितरण गर्न तयारी अवस्थामा रहेको बताएका छन् ।

यसअघि आएका फाइजर र मोडेर्नाको खोपभन्दा फरक नोभाभ्याक्स फ्रिजको नियमित तापक्रममा भण्डारण गर्न सकिनेछ ।

प्रतिक्रिया
सम्बन्धित