४ कार्तिक २०८३, बुधबार

मध्यरातमा अज्ञात सवारीसाधनले ठक्कर दिँदा भक्तपुरको लोकन्थलीमा एक जनाको मृत्यु

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ माघ । बुधबार मध्यरातमा पहिचान नखुलेको सवारीसाधनले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

जिल्लाको मध्यपुर ठिमी नगरपालिका–१ स्थित लोकन्थली मनहरा सडकखण्डमा नम्बर नखुलेको सवारीसाधनले बुधबार राति ठक्कर दिँदा करिब ५० वर्षीय पुरुषको मृत्यु भएको हो । घटनाका संलग्न सवारीसाधन र मृतकबारे अहिलेसम्म पूर्ण विवरण नखुलेका प्रहरीले बताएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि मध्यपुर ठिमी अस्पताल भक्तपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको बताइएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।