शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

प्रधानमन्त्री, पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुखविरुद्धको रिट निवेदनमाथि आज सुनुवाइ हुँदै

दैनिक नेपाल २०७७ माघ १५ गते ११:३४

काठमाडौं, १५ माघ । सर्वोच्च अदालतमा दर्ता भएका अवहेलना मुद्दाको सुनुवाइ आज हुने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली, चार पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुख दमननाथ ढुंगानाविरुद्ध परेका ५ वटा अवहेलना मुद्दाको सुनुवाइ आज हुन लागेको हो ।

उक्त ५ वटै मुद्दाको पेशी आजका लागि तोकिएको छ । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध २ वटा र पूर्वसभामुख दमननाथ ढुंगानाविरुद्ध एउटा मुद्दा दर्ता भएको थियो । वरिष्ठ अधिवक्ता डा. कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले प्रधानमन्त्रीविरुद्ध छुट्टाछुट्टै अवहेलना मुद्दा दर्ता गराएका थिए ।

मंगलबार नै पूर्वसभामुख दमननाथ ढुंगानाविरुद्ध अधिवक्ता राजाराम घिमिरेले रिट दर्ता गराएका हुन् ।

बुधबार अधिवक्ताद्वय लोचन भट्टराई र धनजित बस्नेतले चार पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, कल्याण श्रेष्ठ, सुशीला कार्की र अनुपराज शर्माविरुद्ध छुट्टाछुट्टै निवेदन दर्ता गराएका थिए । आज यी सबै मुद्दा डाक्टर मनोजकुमार शर्माको इजलासमा तोकिएको छ ।

प्रतिक्रिया
सम्बन्धित