शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

शाहरुखले छाडेको फिल्ममा सञ्जयको अभियन, फिल्म हिट

दैनिक नेपाल २०७७ माघ १५ गते १०:२७

मुम्बई । बलिउड फिल्म मुन्नाभाइ एमबीबीएसमा शाहरुख खानले तय भएको थियो । शाहरुखले छाडेपछि सञ्जय दत्तलाई फिल्म खेल्ने अवसर आएको थियो ।

शाहरुख खान ‘देवदास’ फिल्ममा अभिनय गरिरहेका थिए । राजकुमार हिरानीले मुन्नाभाइ एमबीबीएसको स्क्रिप्टलाई अन्तिम रुप दिइरहेका थिए । उनको दिमागमा मुन्नाभाइको भूमिकाका लागि शाहरुख खानमात्रै थिए ।

शाहरुख पनि स्क्रिप्टका लागि निकै उत्साहित थिए र फिल्म गर्नका लागि राजी पनि । त्यसैले सुझाव पनि दिइरहेका थिए ।

फिल्मको स्क्रिप्ट तयार भयो तब शाहरुख खान नै मुन्नाभाइ बन्ने निश्चित थियो । शाहरुख खानको लुकको पनि परीक्षण भएको थियो ।

राजकुमार हिरानीको यो स्क्रिप्टमा लगानी गर्न विधु विनोद चोपडा तयार भए । विधु विनोद चोपडासँग काम गर्न सहज छैन । उनी निकै कडा र आफ्नो शर्तमा काम गर्ने व्यक्ति हुन् ।

शाहरुख खानलाई लाग्यो कि विधु र उनको कुरा मिल्दैन । शाहरुख पनि आफ्नै शर्तमा काम गर्न रुचाउँछन् । त्यसैले नचाहँदा नचाहँदै शाहरुख खान फिल्मबाट हटे ।

शाहरुखसँग जब फिल्मको विषयमा कुरा भइरहेको थियो तब नायिकाको रुपमा ऐश्वर्याको नाम चर्चामा थियो । यसबारे उनीसँग कुराकानी पनि भइरहेको थियो ।

शाहरुख फिल्मबाट अलग्गिएपछि विवेक ओबरोयलाई अनुबन्ध गर्नेबारे सोचियो । तर न त विवेकसँग कुरा मिल्यो न ऐश्वर्यासँग नै ।

फिल्ममा संजय दत्तलाई जहिरको भूमिकाका लागि छानिएको थियो जुन पछि जिम्मी शेरगिलले निभाएका थिए । अन्त्यमा सञ्जय दत्तलाई मुन्नाभाइको भूमिकाका लागि चुनियो । सर्किटको भूमिकाका लागि मकरंद देशपांडेको नाममा विचार भएको थियो तर पछि यो भूमिका अरशद वारसीले निभाए ।

अन्त्यमा सञ्जय दत्तलाई मुख्य पात्र बनाएर फिल्म बनाइयो र यो हिट पनि रह्यो । यसलाई सञ्जय दत्तको उत्कृष्ट फिल्ममध्येको एक मानिन्छ । यसको सिक्वल पनि बनाइयो र आज पनि सञ्जय दत्तलाई मुन्नाभाइको भूमिकाका लागि याद गरिन्छ । एजेन्सी

प्रतिक्रिया
सम्बन्धित