शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

अमेरिकामा आन्तरिक आतंकवादको जोखिम

दैनिक नेपाल २०७७ माघ १५ गते ९:५७

न्युयोर्क, १५ माघ । अमेरिकी सुरक्षा निकायका प्रमुखहरूले आन्तरिक आतंकवादको जोखिम बढेको भन्दै चेतावनी जारी गरेका छन् ।

नोभेम्बरमा भएको चुनावको नतिजामा बेखुस रहेकाहरूबाट आन्तरिक आतंकवादको जोखिम बढेको सुरक्षा निकायका प्रमुखले बताएका हुन् ।

जनवरी ६ मा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरूले संसद भवनमा गरेको हिंसात्मक आक्रमणले केही अतिवादीहरूको मनोबल बढाएको हुन सक्ने आन्तरिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले जारी गरेको एड्भाइजरीमा सरकारी अधिकारी तथा निकायबाट भइरहेका कामप्रति विमत्ति राख्नेहरूबाट जोखिम रहेको उल्लेख छ ।

अहिलेसम्म आतंकवादी आक्रमणको कुनै पनि विशेष योजनाबारे जानकारी नरहेको सो एड्भाइजरीमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित