शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा शेफिल्डसँग म्यानचेस्टर पराजित

दैनिक नेपाल २०७७ माघ १५ गते ९:२६

लण्डन, १५ माघ । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड पराजित भएको छ ।

बुधबार राति भएको खेलमा शीर्ष स्थानको होडमा रहेको म्यानचेस्टर युनाइटेड शेफिल्ड युनाइटेडसँग २–१ गोल अन्तरले पराजित भएको हो । २० खेल खेलेको म्यानचेस्टर युनाइटेड ४० अङ्कसहित दोस्रो स्थानमा छ ।

एक खेल कम खेलेको म्यानचेस्टर सिटी ४१ अंकसहित पहिलो स्थानमा छ । म्यानचेस्टरको मैदान वर्ल्ड ट्रोफेटमा शेफिल्डले २३ औं मिनेटमा किन ब्रायनले गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोलले पछि परेको म्यानचेस्टर युनाइटेडले ६४ औं मिनेटमा बराबरी गोल गरेको थियो ।

उसका लागि कप्तान ह्यारी मगायरले गोल गर्दै खेलमा फर्काएका थिए । ७४ औं मिनेटमा ओलिभर बुर्केले गोल गरेपछि शेफिल्डले जारी सिजनमा दोस्रो जित निकाल्न सफल भयो ।नतिजासँगै शेफिल्डले २० खेलबाट ८ अंक बनाएको छ ।

अर्को खेलमा एस्टोन भिल्ला बर्नलीसँग पराजित भएको छ । चेल्सी र वुल्भ्स, ब्राइटन र फूलह्यामले गोलरहित बराबरी गरेका छन् । एभर्टन र लेस्टर सिटीले एक–एक गोलको बराबरी खेलेका छन् ।

प्रतिक्रिया
सम्बन्धित