बिहीबार, २० वैशाख २०८१
DainikNepal.com
बिहीबार, २० वैशाख २०८१

वरुण र नताशाको विवाह

दैनिक नेपाल २०७७ माघ १४ गते ११:५१

मुम्बई । बलिउड नायक वरुण धवनले नताशा दलालसँग विवाह गरेका छन् ।

वरुणले आइतबार प्रेमिका नताशासँग विवाह गरेका हुन् । हिन्दु संस्कृतिअनुसार वरुण र नताशाको विवाह अलिबागस्थित ‘द म्यान्सन हाउस रिसोर्ट’ मा भएको छ ।

विवाहमा दुवै पक्षका परिवार र नजिकका साथीहरू उपस्थित भएका थिए ।

वरुणले पहिलो पटक नताशासँगको सम्बन्धबारे सन् २०१८ मा कफी विद करणमा सार्वजनिक गरेका थिए ।

वरुणले नताशालाई पहिलो पटक ६ कक्षामा हुँदा भेटेको थिए । वरुण र नताशा मुम्बईस्थित मनेक्जी कुपर एडुकेसन ट्रस्ट स्कुल जान्थे ।

प्रतिक्रिया
सम्बन्धित