२ कार्तिक २०८३, सोमबार

बाइडेन र पुटिनबीच पहिलो पटक टेलिफोन वार्ता

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्युयोर्क, १४ माघ । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी समकक्षी भ्लादिमिर पुटिनसँगको पहिलो टेलिफोन वार्तामा चुनावी दखललाई लिएर चेतावनी दिएको ह्वाइट हाउसले जनाएको छ।

बाइडेन र पुटिनबिचको टेलिफोन वार्तामा हाल रुसमा भइरहेको विपक्षीको प्रदर्शनका सम्बन्धमा पनि छलफल भएको जनाइएको छ।

यस्तै अमेरिका र रुसबिच परमाणु हतियारका सम्बन्धमा भएको सम्झौतालाई कायम राख्नेबारे पनि दुई नेताबिच कुराकानी भएको ह्वाइट हाउसले जनाएको छ।

रुसले जारी गरेको वक्तव्य अनुसार राष्ट्रपति पुटिनले अमेरिकाको नयाँ राष्ट्रपतिमा निर्वाचित भएकोमा बाइडेनले बधाई तथा शुभकामना दिएको उल्लेख छ।

दुवै पक्षबिच सम्पर्क तथा सम्बन्ध कायम राख्ने सहमति भएको छ । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पुटिनप्रति नरम भएको आरोप लाग्दै आएको थियो ।