बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

इन्टर मिलानसँग एसी मिलान पराजित

दैनिक नेपाल २०७७ माघ १४ गते ८:४२

लण्डन, १४ माघ । कोपा इटालियाअन्तर्गतको फुटबल खेलमा इन्टर मिलान विजयी भएको छ ।

मंगलबार राति मिलान डर्बीमा इन्टर मिलानले एसी मिलानलाई २–१ ले पराजित गरेको हो ।

३१ औँ मिनेटमा जाल्टन इब्राहिमोविचले गोल गरि एसी मिलानलाई सुरुवाति अग्रता दिलाए । पहिलो हाफको अन्त्यमा इब्राहिमोविच र इन्टर मिलानका रामेलु लुकाकुबिच विवाद भयो ।

दोस्रो हाफको १३ औँ मिनेटमा फउलका लागि इब्राहिमोविचले दोहोरो पहेँलो कार्ड पाए । ७१ औँ मिनेटमा पाएको पेनाल्टीमा लुकाकुले इन्टर मिलानका लागि बराबरी गोल गरे ।

इन्जुरी समयको सातौँ अर्थात ९७ औँ मिनेटमा क्रिष्टियन एरिक्सनले गोल गरेर इन्टर मिलानलाई जित दिलाएका हुन् ।

प्रतिक्रिया
सम्बन्धित