आइतबार, २३ वैशाख २०८१
DainikNepal.com
आइतबार, २३ वैशाख २०८१

इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ यसै साता बाँडफाँड गरिँदै, प्रत्येकले ५० कित्ता पाउने !

दैनिक नेपाल २०७७ माघ १३ गते १३:५२

काठमाडौं, १३ माघ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको प्राथमिक शेयर (आईपीओ) यसै साताभित्र बाँडफाँड गर्ने तयारी एनआईबीएल एस क्यापिटले थालेको छ ।

बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटले भोलि बुधबार सम्ममा आवेदन भेरिफिकेशन काम सकाएर शुक्रबार भित्रै शेयर बाँडफाँड गर्ने तयारी भइरहेको बताएको हो । आवेदन भेरिफिकेशनको काम नसकिएकाले भोलि मात्रै बाँडफाँडको मिति तय हुने कम्पनीको भनाइ छ ।

बैंकले जारी पूँजी २० अर्ब रुपैयाँको ४० प्रतिशतले हुन आउने ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो । त्यस मध्ये ० दशमलव २० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्टाएर बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणबाट आवेदन माग गरेको थियो ।

बैंकको उक्त आईपीओमा १५ लाख २९ हजार ४६० वटा आवेदनबाट १८ करोड १२ लाख ८६ हजार ७२० कित्ताको लागि १८ अर्ब १२ करोड ८६ लाख रुपैयाँ बराबरको आवेदन परेको छ ।

यो आवेदन सर्वसाधारण निष्काशन गरेको ७ करोड ५८ लाख ४० हजार कित्ताको २ दशमलव ३९ गुणा बढी हो । बैंकले ठूलो संख्यामा शेयर निष्काशन गरेकाले आईपीओमा आवेदन गर्ने सबैले करिब ५० कित्ताको हाराहारीमा शेयर पाउने छन् ।

प्रतिक्रिया
सम्बन्धित