आइतबार, २३ वैशाख २०८१
DainikNepal.com
आइतबार, २३ वैशाख २०८१

सुनको मूल्य तोलामा ४०० रुपैयाँ बढ्यो

दैनिक नेपाल २०७७ माघ १३ गते ११:५९

काठमाडौं, १३ माघ । आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले वृद्धि भएको छ ।

छापावाला सुनको मूल्य तोलामा ४०० रुपैयाँले वृद्धि भएर ९२ हजार ८०० रुपैयाँ पुगेको छ । छापावाल सुन सोमबार तोलामा ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजाबी सुनको मूल्य आज मंगलबार प्रतोला ९२ हजार ३०० रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले घटेको छ । तोलामा १ हजार २६० रुपैयाँमा सोमबार कारोबार भएको चाँदी आज भने १ हजार २५५ रुपैयाँ मूल्य निर्धारण गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित