४ कार्तिक २०८३, बुधबार

अमेरिकी राजदूत बेरी र प्रचण्डबीच भेटवार्ता

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ माघ । अमेरिकी राजदूत र्‍यान्डी बेरीले नेकपाका नेता एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।

प्रचण्डलाई भेट्न उनको निवास खुमलटारमा पुगेका बेरीले प्रचण्डसँगको भेटमा पछिल्लो आन्तरिक राजनीतिक घटनाक्रम र केही दिन अघिमात्र सत्ता सम्हालेका अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनको प्राथमिकता बारेमा कुराकानी भएको बताइएको छ ।

भेटपछि ट्वीट गर्दै राजदूत बेरीले भनेका छन्, ‘नयाँ अमेरिकी राष्ट्रपति प्रशासनको प्राथमिकताहरुबारे छलफल गर्ने शृंखलाबद्ध भेटवार्ताका क्रममा मैले प्रचण्डलाई भेटेको हुँ । मैले लोकतन्त्रलाई सुदृढ पार्ने, जलवायु परिवर्तनको विरुद्ध लड्ने र विश्वभर महिला र केटीहरुको अधिकारको उत्थान गर्ने अमेरिकी प्रतिबद्धता दोहोर्‍याएको छु ।’

यसअघि अमेरिकी राष्ट्रपति बाइडेनले सपथ खाए लगतै राजदूत बेरीले सबैभन्दा पहिले नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग माघ ८ गते बालुवाटार पुगेर भेटवार्ता गरेका थिए ।