
चितवन, १३ माघ । पूर्वी चितवनको रत्ननगरस्थित हरिहर मन्दिरअगाडि मिनिबस र मोटरुसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ ।
पूर्वतिरबाट आइरहेको बा २ ख ५६७४ नं. को मिनिबस र पश्चिमबाट पूर्वतिर गइरहेको बा ९२ प ५२०४ नं. को मोटरसाइकल एक आपसमा ठोक्किँदा उनीहरुको मृत्यु भएको हो ।
मृतक २ जनाको नाम खुलिनसकेको इलाका प्रहरी कार्यालयका प्रमुख रविन कार्कीले जानकारी दिए । बिहान करिब ९ बजेतिर योदुर्घटना भएको थियो ।
दुर्घटनामा घाइते भएका यी २ जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ ।















प्रतिक्रिया