३ कार्तिक २०८३, मंगलबार

‘चट्ट बसम देउरालीमा’बाट पाण्डेले पाए सर्वोउत्कृष्ट निर्देशकको पुरस्कार

826
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । निर्देशक देवेन्द्र पाण्डेले सातौँ राष्ट्रिय क्यापिटल म्युजिक अवार्ड २०७७ को सर्वोउत्कृष्ट म्युजिक भिडियो निर्देशकको पुरस्कार पाएका छन् ।

काठमाडौंमा आइतबार आयोजित पुरस्कार वितरण समारोहमा पाण्डेलाई ‘चट्ट बसम देउरालीमा’ बोलको गीतबाट उत्कृष्ट म्युजिक भिडियो निर्देशक आधुनिक तर्फ अवार्ड प्रदान गरिएको हो ।

नेपाल सरकारका सूचना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङ प्रमुख अतिथि रहेको सो कार्यक्रममा पाण्डेलाई सर्वोत्कृष्ट निर्देशकको सम्मान दिइएको थियो ।

निर्देशक पाण्डेले निर्देशन गरेको म्युजिक भिडियोमा महानायक राजेश हमाल र वरिष्ठ अभिनेत्री करिश्मा मानन्धरको अभिनय रहेको छ ।

पुरस्कार पाएपछि निर्देशक पाण्डेले आधुनिकतर्फको म्युजिक भिडियोमा सर्वोत्कृष्ट निर्देशकको अवार्ड प्रदान गरेकोमा निर्णायक मण्डल, पुरस्कार आयोजि संस्थालगायतका सबै शुभेच्छुकहरूप्रति धन्यावाद प्रकट गरेका छन् ।

पाण्डेले आफूले गरेको कामको उच्च मूल्यांकन गरेर सातौँ राष्ट्रिय क्यापिटल म्युजिक अवार्ड २०७७ बाट सम्मानित हुन पाउँदा खुसी लागेको बताएका छन् । उनले भनेका छन्, ‘उत्कृष्ट काम गर्नुपर्छ । एकदिन त्यसको मूल्यांकन अवश्य हुन्छ ।’

पुरस्कार पाएपछि सम्वाददाताहरूलाई प्रतिक्रिया दिँदै निर्देशक पाण्डेले सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशनको अवाडले आफूलाई थप जिम्मेवार बनाएको भन्दै अहिलेसम्म गरेका कामभन्दा पनि धेरै राम्रो काम गर्नुपर्ने चुनौति थपिएको बताएका छन् ।