आइतबार, २३ वैशाख २०८१
DainikNepal.com
आइतबार, २३ वैशाख २०८१

सानिमा बैंकको शाखा ललितपूरको कुपण्डोलमा

दैनिक नेपाल २०७७ माघ १२ गते १९:१३

काठमाडौँ, १२ माघ । सानिमा बैंक लिमिटेडले माघ १२ गते ललितपूरको कुपण्डोलमा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ ।

उक्त शाखाको उद्घाटन ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) द्वारा भयो ।

समुद्घाटन् समारोहमा मह जोडीले कुपण्डोलमा सानिमा बैंकको शाखा संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे ।

त्यसैगरी सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालद्वारा बंैकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे ।

सानिमा बैंकको सातै प्रदेशमा हाल ८६ वटा शाखा, १५ विस्तारित काउन्टर र ८५ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित