८ कार्तिक २०८३, आइतबार

सिटिजन्स बैंकका ग्राहकहरुले वन डे थ्रिडी आर्ट रेष्टुरेन्टमा विशेष छुट प्राप्त गर्ने

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ माघ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र वन डे थ्रिडी आर्ट रेष्टुरेन्ट, कुमारीपाटी, काठमाडौँबीच सिटिजन्स बैंकका कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहक महानुभावहरुलाई रेष्टुरेन्टको सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौतापश्चात् सिटिजन्स बैंकका डेबिट÷क्रडिट÷प्रिभिलेज कार्डवाहक, मोबाइल बैंकिङ्ग ग्राहक महानुभाव तथा कर्मचारीहरुले वनडे थ्रिडी आट रेष्टुरेन्टका विभिन्न सेवाहरुमा विशेष छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १०९ वटा शाखा, ९८ वटा ए.टि.एम. र १०७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव सात लाख ग्राहक वर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै ग्राहक महानुभावहरुको वित्तीय आवश्यकताहरु डिजिटली पूर्ति गरिरहेको छ ।

यसलाई मूर्त रुप प्रदान गर्न बैंकले चेकको प्रयोग नगरी मोबाइल बैंकिङ्ग एपमा लग–ईन गरेर काउन्टरमा भएको क्यू आर कोड स्क्यान गरी खाताबाट रकम झिक्न स्क्यान एण्ड विथड्र सेवा, मोबाइल बैंकिङ्गको पिन नं बिर्सेमा बैंकको शाखामा गएर निवेदन दिने झन्झट नगरी घरबाटै पिन रिसेट गर्न सकिने जस्ता सेवाहरुको थालनी गरेको छ । यस प्रकारको सेवाबाट डिजिटल बैंकिङ्ग सभ्यताको विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

व्यवसायिक ज्ञानको कमी, वित्तीय बजारको यथार्थ जानकारी नहुनु, नीति, नियम र प्रणालीसँग परिचित नहुनु तथा व्यवसायिक तालिम र अभिमुखीकरणको अपर्याप्तता, उचित परामर्शको अभाव, वित्तीय साक्षरता र पहुँचको कमीले लगानी योग्य पुंजी सदुपयोग हुन नसकेको परिस्थितिलाई न्युनिकरण गर्न यस बैंकले वित्तीय साक्षरताका कार्यक्रमहरुका साथसाथै सुलभ र सहज तवरले सहुलियतपूर्ण कर्जा प्रवाह गर्दै आएको छ ।