बुधबार, २ जेठ २०८१
DainikNepal.com
बुधबार, २ जेठ २०८१

गरिमा विकास बैंकद्धारा “स्मार्ट टेलर”को सुरुवात

दैनिक नेपाल २०७७ माघ ११ गते १६:५५

काठमाडौँ, ११ माघ । गरिमा विकास बैंक लिमिटेडले आफ्नो डिजिटल बैकिङ्गलाई थप प्रभावकारी बनाउँदै विना चेकबुक मोबाईल बैकिङ्गमार्फत शाखामा उपलब्ध क्यु.आर.लाई स्क्यान गरि पैसा झिक्न मिल्ने “स्मार्ट टेलर”को सुरुवात गरेको छ ।

हाललाई यो सुविधा लाजिम्पाट शाखाबाट मात्र उपलब्ध छ तर बैंकले चाँडै नै आफ्नो सम्पूर्ण शाखा कार्यालयहरुबाट यो सुविधा उपलब्ध गराउने जानकारी दिएको छ ।

डिजिटल बैकिङ्गलाई प्राथमिकताका साथ आत्मसात गर्दै ग्राहक वर्गहरुमा थप सुविधा युक्त ग्राहकमैत्री प्रविधिहरु भित्र्याउन गरिमा विकास बैंक सधै तत्पर रहने यस बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले बताउछन् ।

हाल गरिमा विकास बैंकले १०६ शाखा कार्यालयहरु र ५१ ए.टि.एम.बाट आफ्ना ग्राहकहरुलाई बैकिङ्ग सुविधा दिँदै आईरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित