बुधबार, २ जेठ २०८१
DainikNepal.com
बुधबार, २ जेठ २०८१

कूलप्याडका दुई नयाँ मोडल ‘कूल १०’ र ‘कूल एस’ नेपाली बजारमा सार्वजनिक

दैनिक नेपाल २०७७ माघ ११ गते १४:५५

काठमाडौं, ११ माघ । चिनियाँ मोबाइल फोन ब्राण्ड कूलप्याडले नेपाली बजारमा आफ्नो उपस्थिति सशक्त बनाउने क्रममा नेपाली बजारमा हालै २ वटा नयाँ मोडलहरू सार्वजनिक गरेको छ ।

नेपालका लागि कूलप्याड मोबाइलको आधिकारिक आयातकर्ता तथा बितरक कम्पनी एसडी इन्टरनेशनल प्रालिले शुक्रबार एक कार्यक्रमकाबीच ‘कूल १०’ र ‘कूल एस’ नामक दुई मोडलका स्मार्टफोनहरू बजारमा सार्वजनिक गरेको हो ।

कम्पनीले सार्वजनिक गरेको दुबै मोडलहरू युवा ग्राहकहरूका लागि लक्षित गरेर ल्याईएको कम्पनीको भनाइ छ ।

कम्पनीका जनरल म्यानेरज कर्पोरेट हेड उपेन्द्र साहले नेपाली बजारमा छोटो समयमा नै कूलप्याडका फोनहरूले बजार लिन सफल भएको र ग्राहकहरूले निकै रुचाएको बताए । कूलप्याडका फोनहरू नयाँ र आकर्षक डिजाइनका साथै उच्चस्तरीय भएकाले युवा पुस्ताले निकै मन पराएको उनको भनाइ छ ।

‘कूलप्याड अन्तर्राष्ट्रिय ब्राण्ड भएकाले उच्च गुणस्तरका फोन भित्र्याईरहेका छौं’, कम्पनीका जनरल म्यानेरज कर्पोरेट हेड उपेन्द्र साहले भने । उनले नेपाली बजारलाई लक्षित गरेर नयाँ नयाँ मोडलहरू समेत ल्याउने तयारीमा रहेको जानकारी दिए ।

‘कूल १०’ स्मार्टफोन

कूलप्याडको कूल १० स्मार्टफोनमा ६.५२ इन्चको वाटरड्रप नोच डिस्प्ले डिजाइन रहेको छ भने फोनमा फोटोग्राफीका लागि १६ मेगापिक्सेलको मुख्य क्यामरा, ०.३ मेगापिक्सेल प्लस ०.३ मेगापिक्सेलको रियर क्यामरासहित ड्यूल एआई क्यामरा रहेको छ । सेल्फीका लागि ८ मेगापिक्सेलको एआई क्यामरा राखिएको छ ।

फोनमा पावर दिनका लागि शक्तिशाली ५ हजार एमएएच ब्याट्री प्याक रहेको छ भने यसमा लाइट सेन्सर, प्रोक्सिमिटी सेन्सर, साइड फिंगर प्रिन्ट र फेस अनलक फिचरहरू रहेका छन् ।

कूल १० स्मार्टफोनमा हेलियो पी ६० प्रोसेसरका साथमा ४ जीबी र्याम र ६४ जीबी स्टोरेज अप्सन रहेको छ । यो फोनको बजार मूल्य १६ हजार ५९५ रूपैयाँ तोकिएको छ ।

‘कूल एस’मा स्मार्टफोन

त्यसैगरी अर्को स्मार्टफोन ‘कूल एस’ स्मार्टफोनमा ६.५२ इन्चको कर्नर पन्चहोल फूलएचडी प्लस डिस्प्ले डिजाइन रहेको छ भने फोटोग्राफीका लागि ४८ मेगापिक्सेलको क्वाड क्यामरा सेटअप रहेको छ । फोनमा मुख्य क्यामरा ४८ मेगापिक्सेलका साथमा २५ मेगापिक्सेल प्लस २ मेगापिक्सेल तथा ५ मेगापिक्सेलको माइक्रो क्यामरा रहेको छ । यसको रियर क्यामराले स्लोमो समेत खिच्न सकिने छ ।

फोनमा पावर दिनका लागि शक्तिशाली ५ हजार एमएएच ब्याट्री प्याक रहेको छ भने यसमा लाइट सेन्सर, प्रोक्सिमिटी सेन्सर, साइड फिंगर प्रिन्ट, फेस अनलक, ब्लूटूथ, यूएसबी टाइप सी, एनएफसीलगायतका फिचरहरू रहेका छन् ।

कूल एस स्मार्टफोनमा हेलियो पी६० प्रोसेसरका साथमा ४ जीबी र्याम र १२८ जीबी स्टोरेज अप्सन रहेको छ । यो फोनको बजार मूल्य २२ हजार ५९५ रूपैयाँ तोकिएको छ । यी दुबै स्मार्टफोनहरू एन्ड्रोइड १० अपरेटिंग सिस्टममा आधारित छन् ।

कूलप्याडले छिटै नै यी दुबै मोडलका अन्य भेरिएन्टहरू समेत सार्वजनिक गर्ने तयारी गरिरहेको छ । कम्पनीले देशभर आफ्ना ३५ बितरकहरूमार्फत कूलप्याड मोबाइल फोन बिक्री गरिरहेको छ भने ग्राहकरुलाई विक्रीपछिको सर्भिसका लागि देशभर ४० भन्दा बढी स्थानमा सर्भिस सेन्टरहरूमार्फत सेवा दिईरहेको बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित