शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

भक्तपुरमा डेरा गरी बस्ने महिला आफ्नै कोठामा बलात्कृत, बचिनन् ८ वर्षीया बालिका पनि

दैनिक नेपाल २०७७ माघ ११ गते १४:३८

काठमाडौं, ११ माघ । भक्तपुरमा डेरा गरी बसोबास गर्दै आएकी एक जना महिला आफ्नै कोठाभित्र बलात्कारीको शिकार भएकी छिन् ।

रामेछाप मन्थली नगरपालिका–१० का ५१ वर्षीय भरत बोहोराद्वारा ३३ वर्षीया ती महिला बलात्कृत भएको प्रहरीले बताएको छ ।

मध्यपुर ठिमी नगरपालिका–३ डेरा गरी बस्ने बोहोरालाई बलात्कार अभियोगमा शनिबार साँझ प्रहरीले पक्राउ गरिसकेको छ । भरतले ती महिलालाई माघ २ गते उनकै कोठामा गएर बलात्कार गरेको प्रहरीको भनाइ छ ।

प्रहरीले अभियुक्त बोहोरालाई रामेछापको सदरमुकाम मन्थलीबाट पक्राउ गरेको हो ।

यसैबीच म्याग्दीमा पनि ८ वर्षीया बालिकालाई जबरजस्ती करणीको शिकार भएकी छिन् । धौलागिरी गाउँपालिका–७ खिवाङका ३३ वर्षीय कृष्णबहादुर बिकले ती अवोध बालिकालाई करणी गरेको प्रहरीले बताएको छ ।

विकलाई शुक्रबार साँझ नै प्रहरीले पक्राउ गरेको बताएको छ । कृष्णबहादुरले ती बालिकालाई यही शुक्रबार दिउँसो जबरजस्ती करणी गरेका थिए ।

इलाका प्रहरी कार्यालय दरवाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित