
दाङ, ११ माघ । कुटपिट गरी ४८ वर्षीया महिलाको हत्या गरेको अभियोगमा पक्राउ प्रहरीले एक जना महिलालाई नै पक्राउ गरेको छ ।
तुलसीपुर उपमहानगरपालिका–६ मोतिपुरकी ४८ वर्षीया आईती बुढाथोकीको हत्या आरोपमा उनकै देउरानी ४४ वर्षीया भगवती बुढाथोकीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
भगवतीले माघ २ गते बिहान कुटपिट गर्दा टाउकोमा चोट लागेर गम्भीर घाइते भएकी आइतीको उपचारका क्रममा शुक्रबार राति मृत्यु भएपछि उनलाई कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ गरिएको प्रहरीले बताएको छ ।
कुटपिटबाट गम्भीर घाइते जेठानीको भारतको लखनउमा उपचार भइरहेको थियो ।















प्रतिक्रिया