बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

टुकोनले बनायो युवा दस्ता, हरेक श्रमिकहरुको साथमा रहन निर्देशन

दैनिक नेपाल २०७७ माघ ११ गते १३:५८

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी निकट ट्रेड युनियन महासंघ नेपाल (टुकोन) सँग आवद्ध टुकोन युथ काउन्सिल (टीवाईसी) ले पूर्णता पाएको छ ।

यसअघि टुकोन युथ काउन्सिलका संयोजक अर्जुन आचार्य तोकिएका थिए । उपत्यकास्तरीय समिति विस्तारको लागि आयोजित भेलालाई सम्बोधन गर्दै राप्रपाका केन्द्रीय कार्य सम्पादन समिति सदस्य एवं ट्रेड युनियन महासंघ नेपाल (टुकोन) का अध्यक्ष हिक्मतजंग भण्डारीले टिवाइसी गठनको आवश्यकताबारे प्रकाश पार्दै देशभर रहेका श्रमिकहरुको हरेक समस्यामा टुकोन युथ काउन्सिलको साथ र सहयोग रहने प्रष्ट पारे ।

पीरमर्कामा परेका श्रमिकहरुको आवाज वुलन्द गर्ने भरपर्दो संगठनको रुपमा ‘टुकोन युथ काउन्सिल’को स्थापना भएको बताउँदै अध्यक्ष भण्डारीले टीवाइसीलाई हरेक श्रमिकहरुको साथमा रहन निर्देशन दिएका छन् ।

कार्यक्रममा टुकोनका महासचिब बद्रीकुमार श्रेष्ठले नवगठित टीवाइसीको उपत्यकास्तरीय समितिलाई बधाई तथा शुभकामना दिंदै श्रमिकहरुको पीडामा टुकोन चुप लागेर नबस्ने बताए ।

विस्तारित समितिको उपाध्यक्षमा निमा लाक्पा शेर्पा, सचिवमा भिमबहादुर कुँवर, सह–सचिबमा लुकबहादुर मगर, तथा कोषाध्यक्षमा शम्भु गोले छन् ।

यसैगरी सदस्यहरुमा सुदर्शन अधिकारी, कल्याण लम्साल, राम केसी, दिपक अधिकारी, रञ्जन श्रेष्ठ, सुजन नेपाली, सुशान्त खतिवडा, निमा शेर्पा, किरण घिमिरे, रोशन विक, दीपेन्द्र कार्की र दावा शेर्पा छन् ।

टुकोनका काठमाडौं जिल्ला कार्य समितिका अध्यक्ष दावा शेर्पाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्य एवं टुकोनका उपमहासचिव आनन्दकुमार रिसाल, टुकोनका काठमाडौं जिल्ला समितिका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति थियो ।

प्रतिक्रिया
सम्बन्धित