बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

जनगणना, २०७८ का लागि ६० दिनको म्यादसहित गणक र सुपरीवेक्षक पदमा भर्ना खुल्यो

दैनिक नेपाल २०७७ माघ ११ गते १३:४६

काठमाडौ, ११ माघ । सरकारले जनगणना २०७८ का लागि ३९ हजार गणक र ८ हजार सुपरीवेक्षक पदमा भर्ना खुलेको छ ।

करारमा उक्त परिमाणका कर्मचारी भर्नाका लागि केन्द्रीय तथ्यांक विभागले आज आइतबार दरखास्त आह्वान गरेको छ । इच्छुक व्यक्तिले केन्द्रीय तथ्यांक विभागको वेबसाइटमार्फत ६० दिनभित्र अनलाइन दरखास्त फारम भर्न सक्ने छन् ।

स्नातक तह वा सोसरह उत्तीर्ण गरेको व्यक्तिले सुपरीवेक्षक र गणक दुवै पदका लागि दरखास्त दिन सक्ने छन् । तर भर्ना भने कुनै एक पदका लागि मात्र लिइने विभागले स्पष्ट पारेको छ ।

करारमा नियुक्त जनशक्तिले नपुगेमा सार्वजनिक विद्यालयका शिक्षक तथा सरकारी कर्मचारीलाई लिन सकिने बताइएको छ ।

केन्द्रीय तथ्याङ्क विभागले हरेक १०/१० वर्षमा जनगणना गर्दै आएको छ । नेपालमा जनगणनाको शुरुवात १९६८ सालदेखि सञ्चालन गरिँदै आएको छ ।

२०७८ को जनगणना श्रृंखला बाह्रौं पटकको हो । आगामी जेठ २५ गतेदेखि असार ८ गतेसम्म यो कार्यक्रम सञ्चालन गरिने केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित