४ कार्तिक २०८३, बुधबार

पार्टी एकतालाई पूर्णता दिनेगरी कार्यकारी जिम्मेवारी दिँदा प्रचण्डले पार्टी नै फुटाए : पोखरेल

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पुष्पकमल दाहाल, माधव नेपाल र झलनाथ खनालको सत्ता र पद लोभका कारण नेकपा विभाजनको स्थितिमा पुगेको बताएका छन् ।

शनिबार ओली पक्षीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले यस्तो बताएका हुन् । उनले कार्यकारी अध्यक्षको जिम्मेवारी पाएको दाहालले जिम्मेवारी अनुसार पार्टी एकताको काम नगरी पार्टी नै फुटाएको आरोप समेत लगाएका छन् ।

नेपाली काग्रेस, जनता समाजवादी लगायतका ठूला पार्टी चुनावको तयारीमा लागिरहेको दाबी गर्दै मुख्यमन्त्री पोखरेलले प्रचण्ड–माधव जनताबाट हारिने डरले प्रतिनिधिसभा पुनस्र्थापनाको रटानमा सडक आन्दोलन गरिरहेको पोखरेलले आरोप लगाएका छन् ।