२ कार्तिक २०८३, सोमबार

१९ वर्षीया किशोरी आज उत्तराखण्ड राज्यको मुख्यमन्त्री बन्दै

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँ दिल्ली, ११ माघ । छिमेकी देश भारतमा आज एक १९ वर्षीया किशोरी उत्तराखण्ड राज्यको मुख्यमन्त्री बन्ने भएकी छिन् ।

हरिद्वार जिल्लाको दौलतपुर गाउँकी सृष्टि गोस्वामीलाई उत्तराखण्ड सरकारले एक दिनका लागि मुख्यमन्त्री बनाउन लागेको हो । आज २४ जनवरीमा राष्ट्रिय बालिका दिवसको अवसरमा उनी मुख्यमन्त्री बन्न लागेकी हुन् ।

प्रतिकात्मक भए पनि उनी उत्तराखण्डको पहिलो महिला मुख्यमन्त्री हुने छिन् । उनी बाल विधानसभामा मुख्यमन्त्रीको रुपमा सहभागी हुनेछिन् र सरकारका अलगअलग विभागले आयोजना गर्ने कार्यक्रममा पनि सहभागी हुने बताइएको छ ।

सो अवसरमा विभागका अधिकारीहरुले आफ्नो कामबारे जानकारी गराउने छन् भने त्यसमा सृष्टिले सुझाव दिनेछिन् । उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतसमेत उक्त कार्यक्रममा सहभागी हुने छन् ।

उत्तराखण्ड विधानसभा भवनको एक सभाहलमा उक्त कार्यक्रम भारतीय समयअनुसार मध्याह्न १२ बजेदेखि ३ बजेसम्म हुने छ । एजेन्सी