२ कार्तिक २०८३, सोमबार

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडसँग अलाभेस पराजित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, ११ माघ । डिफेन्डिङ च्याम्पियन रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा जित निकालेको छ ।

शनिबार राति भएको खेलमा रियल मड्रिडले अलाभेसलाई ४–१ गोलअन्तरले पराजित गरेको हो । घरेलु टिम अलाभेसविरुद्ध जित निकाल्ने क्रममा रियलका करिम बेन्जिमाले दुई गोल गरे ।

कासिमिरो र इडेन हर्जाडले १–१ गोल थपे। यता, अलाभेसका लागि जोसुलुले गोल फर्काए। खेलको १५ औं मिनेटमा कासिमिरोले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए ।

४१ औं मिनेटमा बेन्जिमा र पहिलो हाफको अतिरिक्त समयमा हजार्डले गोल गर्दा पहिलो हाफसम्म नै रियलले ३–० गोलको अग्रता बनायो ।

जोसुलुले ५९ औं मिनेटमा गोल गर्दै अलाभेसलाई ३–१ गोलको स्थितिमा ल्याए ।

७० औं मिनेटमा बेन्जिमाले अर्को गोल थप्र्दै रियललाई ४–१ गोलको जित दिलाएका हुन् । शनिबार राति नै भएको खेलमा सेभियाले काडिजलाई ३–० गोलले पराजित गर्दा रियल सोसिडाड र रियल बेटिसले भने २–२ गोलको बराबरी खेलेका छन् ।

दोस्रो स्थानमा रहेको रियल मड्रिडले जितसँगै १९ खेलबाट ४० अंक बनाएको छ । पराजित अलाभेसको भने २० खेलबाट १८ अंक छ । रियल मड्रिडले भन्दा दुई खेल कम खेलेको एथ्लेटिको मड्रिड भने लिगको शीर्ष स्थानमा छ। एथ्लेटिको मड्रिडको १७ खेलबाट ४४ अंक छ ।