२ कार्तिक २०८३, सोमबार

पाकिस्तानमा टिकटक बनाउन रेलमार्गमा हिँडिरहेका युवाको रेलको ठक्करबाट मृत्यु

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, १० माघ । पाकिस्तानमा रेलमार्गमा टिकटक बनाउन हिँडिरहेका एक युवाको रेलको ठक्करबाट शनिबार मृत्यु भएको छ ।

त्यहाँको प्रहरीका अनुसार युवा युवतीहरुबीच प्रख्यात टिकटक बनाउन रेलमार्गमा हिँडिरहेका बेला ति युवालार्य रेलले ठक्कर दिएको हो ।

मृत्यु हुनेमा १८ बर्षीय हमजा नाभेद रहेका छन् । एएफपीका अनुसार उनको साथीले टिकटक भिडियो बनाउँदै गरेको अवस्था रेलको ठक्करबाट मृत्यु भएको हो ।

पाकिस्तानको राजधानी शहर इस्लामावाद नजिकै शाह खालिदको छिमेकमा पर्ने रावलपिँडी शहरमा शुक्रबार सो दुर्घटना भएको बताइएको छ । –एजेन्सी