बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

शनिबार थप २३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, ३८६ जना डिस्चार्ज, ८ जनाको मृत्यु

दैनिक नेपाल २०७७ माघ १० गते १६:३३

काठमाडौं, १० माघ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका २३२ जना नयाँ संक्रमित थप भएका छन् ।

पीसीआर विधिबाट ३ हजार ५४१ जनाको स्वाब परीक्षण गर्दा उक्त संख्यामा संक्रमित पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ६९ हजार १८० जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३८६ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमण जितेर घर फर्किनेको संख्या २ लाख ६३ हजार ७३४ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर ८ जना संक्रमितले ज्यान गुमाएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९९४ जना पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३ हजार ४५२ छ ।

मन्त्रालयका अनुसार हालसम्म नेपालमा २० लाख ३८ हजार ८४२ जनाको पीसीआर विधिबाट स्वाब परीक्षण गरिएको छ भने अहिले ३ हजार ४५२ जना आइसोलेसन र १४७ जना क्वारेन्टिनमा छन् ।

प्रतिक्रिया
सम्बन्धित