बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

विप्लब समूहका भूमिगत नेता ‘हेमक’ नेकपा प्रवेश, केपी ओलीको एजेण्डामा मिसिएको घोषणा

दैनिक नेपाल २०७७ माघ १० गते १६:०८

काभ्रे, १० माघ । आतंकवादी गतिविधिमा संलग्न नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका केन्द्रीय नेता चुडामणि गौतम ‘हेमक’ नेकपामा प्रवेश गरेका छन् ।

आफू संलग्न पार्टीले नेता धमेन्द्र वास्तोलाको पक्राउविरुद्ध गरेको नेपाल बन्दकै दिन उनी नेकपामा प्रवेश गरेका हुन् । शनिबार काभ्रेको बनेपामा आयोजित ओली पक्षीय नेकपाको जिल्ला कमिटी बैठकमार्फत पार्टी प्रवेश गर्दै उनले ओलीलाई समर्थन गरेका हुन् ।

सो समूहका केन्द्रीय सदस्य गौतमले आफू केपी ओलीको एजेण्डामा मिसिएको घोषणा गरेका छन् । उनले अ‍ोली पक्षीय नेकपाको जिल्ला कमिटी बैठकलाई सम्बोधन गर्दै राष्ट्रियताको सन्दर्भमा ओलीको अडानलाई आफूले निशर्त समर्थन गरेको बताएका छन् ।

१० वर्षे माओवादी जनयुद्धकालमा काभ्रे, रामेछाप लगायतका जिल्लामा नेतृत्व गरेका गौतम शान्ति प्रक्रियापछि काभ्रेको कोशीपारी क्षेत्रका स्थापित नेता हुन् । उनी पार्टी विभाजनपछि विप्लव नेतृत्वको नेकपामा थिए ।

भूमिगत रहदै आएका उनी ओली नेतृत्वको नेकपामा प्रवेश गरेपछि प्रहरीले पक्राउ गरेन ।

प्रतिक्रिया
सम्बन्धित