शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

नेपालमा १८ गतेअघि नै कोरोनाविरुद्धको खोप लगाउन शुरू गरिने

दैनिक नेपाल २०७७ माघ १० गते १५:०२

काठमाडौं, १० माघ । नेपालमा यही माघ १८ गतेअघि नै रोनाविरुद्धको खोप लगाउन शुरू गरिने भएको छ ।

ढिलोमा माघ १८ सम्ममा कोरोनाविरुद्धको खोप लगाउन शुरू गर्ने सरकारको तयारी छ । भारतले अनुदानमा दिएको १० लाख डोज कोभ्याक्सिन बिहीबार काठमाडौं आइपुगिसकेलगत्तै खोप लगाउने तयारी सरकारले थालेको हो ।

माघ १४ गतेदेखि १८ गतेभित्र ७ वटै प्रदेशका फ्रन्टलाइनर, ज्येष्ठ नागरिक र दीर्घरोगीलाई समानुपातिक ढङ्गले खोप लगाउन शुरू गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो पनि पढ्नुहोस्–

प्रतिक्रिया
सम्बन्धित