बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

आणविक हतियार प्रतिबन्ध लगाउनेसम्बन्धी सन्धीले पायो औपचारिता, नेपालको पनि सहमति

दैनिक नेपाल २०७७ माघ १० गते १२:१७

काठमाडौं, १० माघ । आणविक हतियारमा प्रतिबन्ध लगाउनेसम्बन्धी संयुक्त राष्ट्रसंघीय सन्धी शुक्रबारदेखि औपचारिकरुपमा कार्यान्वयनमा आएको छ ।

सो कदम विश्वलाई सबैभन्दा घातक हतियारहरुबाट मुक्त गर्ने ऐतिहासिक कदमको रुपमा लिइएको छ ।

सन्धी कार्यान्वयनमा आएपछि अब आणविक हतियारको प्रयोग अनैतिक मात्र होइन्, गैरकानूनी समेत हुन आउँछ । तर, विश्वका आणविक हतियार भएका मुलुकहरुले भने यसको विरोध गरेका छन् ।

यसलाई प्रतिबन्ध लगाउनुपर्ने आवाज लामो समयदेखि उठिरहेको थियो । दोस्रो विश्व युद्धमा अमेरिकाले जापानको हिरोसिमा र नागासाकीमा आणविक बम प्रहार गरेको थियो । यस्तै घट्ना फेरि नदोहोरियोस् भन्नका लागि प्रतिवन्धको आवाज उठ्दै आएको थियो ।

संयुक्त राष्ट्रसंघले सन् २०१७ मा यसलाई अनुमोदन गरेको थियो, जसमा नेपालसहित १२० मुलुकले समर्थन जनाएका थिए ।

प्रतिक्रिया
सम्बन्धित