काठमाडौं, १० माघ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले महिला लिग फुटबलअन्तर्गत शनिबारदेखि हुने भनिएका खेलहरूलाई स्थगित गरेको छ ।
महिला लिग फुटबलअन्तर्गतका खेलहरू मंगलबारसम्मका स्थगित भएका हुन । चार दिनका लागि तय भएका खेलहरू स्थगित भएका र बिहीबारदेखि नियमित तालिकाअनुसार खेल खेलाइने एन्फाले जनाएको छ ।
चार दिनको खेल स्थगित भएपछि महिला लिगको तालिका पनि परिवर्तन हुनेछ । तालिकाअनुसार शनिबार विभागीय टिम त्रिभुवन आर्मी र वालिङ नगरपालिकाबीचको खेल हुने भनिएको थियो ।
अर्को खेलमा अर्को विभागीय टिम एपीएफ र विराटनगरबीचको खेल हुने तालिका रहेको थियो ।















प्रतिक्रिया