११ कार्तिक २०८३, बुधबार

पोखरामा २५ वर्षीया कोरोना संक्रमित युवतीको मृत्यु

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, ९ माघ । पोखरामा कोरोना संक्रमित २५ वर्षीया युवतीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पोखरा महानगरपालिका १ निवासी २५ वर्षीया युवती रहेकी छन् । उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो ।

मघ ५ गते कोरोना देखिएपछि प्रतिष्ठानमा उपचाररत युवतीको बिहीबार राति मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा.बिनोदबिन्दु शर्माले जानकारी दिएका छन् ।

उनमा मिर्गौलाको समस्या तथा अन्य केही दीर्घ रोगहरु समेत रहेको अस्पतालले जनाएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय ३ पुगेको छ ।