शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

‘धाकड’मा कंगनाको आक्रोशित रुप

दैनिक नेपाल २०७७ माघ ९ गते १०:५४

मुम्बई । बलिउड नायिका कंगना रनावतले आफ्नो नयाँ फिल्मको पोस्टर सार्वजनिक गरेकी छिन् । कंगनाले फिल्म ‘धाकड’को पोस्टर सार्वजनिक गरेकी हुन् । सार्वजनिक पोस्टरमा नायिका कंगनाको हातमा तरबार छ । उनी पोस्टरमा आक्रोशित देखिएकी छिन् ।

नायिका कंगनाले ट्विटरमा पोस्टर सेयर गर्दै लेखेकी छन्, ‘उनी निडर र ज्वलन्त छिन् । उनी हुन् एजेन्ट अग्नि । भारतकी पहिलो एक्सन थ्रिलर महिला । ह्यासट्याग धाकड सन् २०२१ को अक्टुबर १ गतेदेखि सिनेमा घरबाट प्रसारण हुँदै ।’

रजनेश घई निर्देशित ‘धाकड’मा कंगनासँगै अभिनेता अर्जुन रामपाल र अभिनेत्री दीव्या दत्त मुख्य भूमिकामा देखिँदैछन् । गत वर्षको तिहारमा सार्वजनिक हुने भनिएको फिल्म कोरोना महामारीका कारण सार्वजनिक हुन सकेन । फिल्म आगामी अक्टुबर १ मा सिनेमा हलबाटै सार्वजनिक हुन लागेको छ । फिल्मको टिजर गत अगस्टमा सार्वजनिक भएको थियो ।

‘धाकड’मा कंगनाको लुक्स हलिउड निर्देशक साइमन वेस्टको सिरिज ‘लारा क्राफ्टः टम रेडर’को पात्रबाट प्रेरित भएको आरोप लागेको छ । महामारीका कारण फिल्म क्षेत्रमा पनि निकै लामो समय ‘लकडाउन’ लाग्यो । यस्तोमा समेत विभिन्न कारण कंगना हाइलाइटमा रहिन् ।

कंगाना ‘धाकड’सँगै छिट्टै ए.एल. विजय निर्देशित फिल्म ‘थलाइवा’ र सर्वेश मेवाराको फिल्म ‘तेजास’मा देखिँदैछिन् । थलाइवामा उनले तमिलनाडुकी पूर्व मुख्यमन्त्री जया ललिताको भूमिका निर्वाह गरेकी छिन् । यसबाहेक कंगाना नयाँ फिल्म ‘मर्णिकर्णिका रिटर्न’को तयारीमा छिन् । एजेन्सी

प्रतिक्रिया
सम्बन्धित