२ कार्तिक २०८३, सोमबार

इङ्ग्लिस प्रिमियर लिगमा बर्नलीसँग लिभरपुल पराजित

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, ९ माघ । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल पराजित भएको छ ।

बिहीबार राति भएको खेलमा लिभरपुल बर्नलीसँग १–० गोल अन्तरले पराजित भएको हो । बर्नलीको जितका लागि ८३ औँ मिनेटमा पाएको पेनाल्टीमा आस्ले बार्नेसले गरेको गोल नै निर्णायक बन्यो ।

पराजित भएको लिभरपुल १९ खेलबाट ३४ अङ्कसहित चौथो स्थानमा छ । जित निकालेको बर्नली १८ खेलबाट १९ अङ्कसहित १६ औँ स्थानमा उक्लिएको छ । यो हारसँगै लिभरपुलको घरेलु मैदानमा रहेको अपराजित यात्रा टुङ्गिएको छ ।