शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

भारतमा डाइनामाइट बिस्फोट हुँदा आठ जनाको मृत्यु

दैनिक नेपाल २०७७ माघ ९ गते ९:५१

नयाँदिल्ली, ९ माघ । भारतीय राज्य कर्नाटकको शिवामोग्गामा बिहीबार राति भएको विस्फोटमा परी कम्तिमा ८ मजदुरको मृत्यु भएको छ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार बिहीबार राति स्थानीय समयअनुसार साढे १० बजेतिर रेलवे क्रसर साइटमा डायनामाइट बिस्फोट हुँदा आसपासका क्षेत्रमा समेत धक्का महशुस गरिएको थियो ।

सामाजिक सञ्जाल प्रयोगकर्ताले निकै ठूलो आवाज आएको र भूकम्पको जस्तो झड्का महशुस गरिएको बताएका छन्। बिस्फोटको झड्काले नजिकैको सडकमा चिरा परेको छ भने केही घरका झ्यालका शिशा फुटेका छन् ।

मानिसहरूले भूकम्प आएको हो कि भनेर भूकम्प मापन केन्द्रमा फोन समेत गरेका थिए । मृत्यु हुनेमा डायनामाइट ट्रकमा ओसारिरहेका मजदुरहरू छन्। बिस्फोट यति ठूलो थियो कि ट्रक क्षतविक्षत भएको छ भने मजदुरको शव पनि चिन्नै नसकिने गरी छियाछिया भएको छन् ।

बिस्फोटस्थल प्रादेशिक राजधानी बैङ्लुरूदेखि ३५० किलोमिटर टाढा छ। के कारणले विस्फोट भयो भन्ने खुलिसकेको छैन ।

प्रतिक्रिया
सम्बन्धित