शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

ढाडमा टेकेर टाउको हान्ने प्रचण्ड प्रवृत्ति र माधवको कुण्ठाले पार्टी विभाजन भयोः ईश्वर पोखरेल

दैनिक नेपाल २०७७ माघ ८ गते १८:२७

काठमाडौँ, ८ माघ । नेकपा केपी ओली पक्षका नेता तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टी एकता गर्दा देखिनै देखिएको भ्रुण तथा कुण्ठाका कारण पार्टी विभाजन भएको बताएका छन् ।

काठमाडौँको राष्ट्रिय सभागृहमा प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले भने, ‘ढाडमा टेकेर टाउकोमा हान्ने प्रचण्ड प्रवृत्ति र माधवकुमार नेपालको कुन्ठाबाट दूर्भाग्य पार्टी विभाजनमा पुग्ने अवस्था भयो ।’

पोखरेलले हिजैदेखिको सिलसिलाले आजको रुप लिएको बताए । ‘प्रचण्डले पूर्व एमालेको गुटबन्दीमा खेलेर पूर्व माओवादीको आफ्नो पूरानै अभ्यासमा लाग्नुभयो । त्यसले दूर्भाग्य निम्त्याएको हो ।’ पोखरेलले राष्ट्रपतिमाथि महाअभियोग र प्रधानमन्त्री ओलीलाई अविश्वासको प्रस्ताव दर्ता गरिएपछि पार्टी र संसद विघटन भएको बताएका हुन् ।

प्रतिक्रिया
सम्बन्धित