बिहीबार, ६ वैशाख २०८१
DainikNepal.com
बिहीबार, ६ वैशाख २०८१

नेपाललाई कोभिड विरुद्धको खोप दिने भारतको सिरम इन्स्टिच्युटमा आगलागी

दैनिक नेपाल २०७७ माघ ८ गते १८:०५

काठमाडौँ, ८ माघ । नेपाललाई कोभिड–१९ विरुद्धको खोप दिने भारतको सिरम इन्स्टिच्युट अफ इण्डियामा आगलागी भएको छ ।

महाराष्ट्रस्थित पुणेमा रहेको उक्त इन्स्टिच्युटमा आगलागी भएको हो ।

यद्यपि आगलागीको कारण भने खुलेको छैन भने अहिले आगो निभाउने प्रयास भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

गत वर्ष मात्र स्थापना इन्स्टिच्युटको नयाँ प्लान्टमा आगो लागेको हो । आगो नियन्त्रणका लागि १५ वटा दमकल प्रयोग गरिएको छ ।
प्लान्टमा कति जना मानिसहरु फँसेका छन् भन्ने विवरण आइनसकेको बताइएको छ ।

इन्स्टिच्युटले कोरोना विरुद्धको खोप उत्पादन गरिरहेको छ । भारतले बिहीबार नै नेपाललाई १० लाख डोज खोप यही इन्स्टिच्युटबाट उत्पादन गरिएको खोप दिएको हो ।

प्रतिक्रिया
सम्बन्धित