मंगलबार, ११ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ११ वैशाख २०८१

‘संसद विघटन साहसिक तथा अग्रगामी कदम हो, पुनःस्थापन भए प्रतिक्रान्ति हुन्छ’

दैनिक नेपाल २०७७ माघ ८ गते १६:५८

काठमाडौँ, ८ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षका नेता तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले संसद विघटन र जनतामा जाने निर्णय अग्रगामी कदम भएको बताएका छन् ।

थापाले प्रतिनिधिसभा पुनःस्थापन भए मुलुकमा प्रतिक्रान्ति हुने समेत बताएका छन् । बिहीबार राष्ट्रिय सभागृहमा प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलामा सम्बोधनका क्रममा उनले भने, ‘संसद पुनःस्थापना भयो भने मुलुकमा प्रतिक्रान्ति हुने खतरा छ । संसद पुनःस्थापना हुन मुलुकको हितमा छैन । पुनःस्थापना पनि हुँदैन ।

त्यस्तै, गृहमन्त्री थापाले संसद विघटनको कदम प्रधानमन्त्री केपी शर्मा ओलीको साहसिक निर्णय भएको बताए । ‘देशमा अस्थिरता सिर्जना गर्न प्रतिगमन गर्ने षड्यन्त्र थियो । त्यसलाई चिर्न संसद विघटनको साहसिक निर्णय गरिएको छ । हामी प्रतिगमन षड्यन्त्र चिर्न ताजा जनादेश जाने सरकारले निर्णय लिएको हो’ गृहमन्त्री थापाले भने ।

प्रतिक्रिया
सम्बन्धित