
काठमाडौँ, ८ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले मानवजातिको अधिकार र अवसरका निम्ती लेख्न, पढ्न र प्रशारण गर्न पत्रकारहरुलाई आग्रह गरेका छन् ।
बिहीबार प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कसैले पनि असमानता मन नपराउने बताउँदै समानताका लागि कलम चलाउन पत्रकारहरुलाई आग्रह गरेका छन् ।
त्यस्तै, उनले संस्थागत वा व्यक्तिगत स्वार्थका कारण झुठा वा असत्य कुराहरुका बारेमा नलेख्न आग्रह गरेका छन् । उनले लोकतन्त्र, गणतन्त्रका पक्षका बारेमा लेख्न आग्रह गरेका छन् ।
प्रधानमन्त्री ओलीले पत्रकारले सीप मिलाएर गलत कुरा गरिए पनि देशलाई फाइदा नपुग्ने बताए । ओलीले पत्रकारहरुलाई आफ्नो ज्ञान, क्षमता र सीपको सही सदुपयोग गर्न आग्रह गरेका छन् ।















प्रतिक्रिया