
काठमाडौँ, ८ माघ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकारले कालो झण्डा देखाउनु नपर्ने गरी काम गर्ने बताएका छन् ।
बिहीबार राजधानीमा प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले नेपालका पत्रकारहरुले कालो झण्डा देखाउन नपर्ने गरी सरकारले काम गर्ने दावी गरे ।
कार्यक्रममा मन्त्री गुरुङले सञ्चारकर्मीको योगदानलाई सरकारले उच्च मुल्यांकन गर्ने समेत बताए ।
मुलुकमा भएका राजनीतिक परिवर्तनहरुमा सञ्चारकर्मीको ठूलो योगदान रहेको उनले बताएका छन् भने कतिपयले सञ्चारकर्मीले आचारसंहिता पो मिचे कि भन्दै चिन्ता व्यक्त गरेका छन् ।
‘केही पत्रकारहरुले बाटो विराएको, आचारसंहिता विपरित हिडेको त होइन ? भनेर प्रश्न उठेको छ’ मन्त्री गुरुङले भने, ‘राजनीतिक संकटका बेला गरिमा र मर्यादालाई घटाउने काम नगर्नुस् । हामी चाहान्छौँ नेपालको संविधान र सार्वभौमिकताको रक्षा गर्ने पत्रकारका रुपमा बुझ्नुपर्नेमा द्वन्द्व बढ्ने किसिमको भूमिका देखिएको त होइन भनेर प्रश्न उठेको छ ।’















प्रतिक्रिया