शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

ओली नेतृत्वको पार्टीले बहुमत ल्याउँछ: महासचिव पौडेल

दैनिक नेपाल २०७७ माघ ८ गते १४:३९

काठमाडौँ, ८ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी ओली पक्षका महासचिव विष्णु पौडेलले ओली नेतृत्वको पार्टी नै निर्वाचनमा पहिलो बताएका छन् ।

राजधानीमा आयोजित प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलामा महासचिव पौडेलले आफूहरु पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताएका छन् ।

उनले भने, ‘केपी ओलीले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा छ । हामी सधैं प्रेस स्वतन्त्रताको छौँ र हुनेछौँ । श्रमजीवी पत्रकारको समस्य समधानका लागि हामी तयार छौँ ।’ पौडेलले प्रचण्डले प्रस्ताव गरेको राजनीतिक प्रतिवेदन नै पार्टी विभाजनको आधार भएको बताएका छन् ।

‘उहाँले आरोप लगाउनु भयो । तर उहाँले स्थायी समिति र केन्द्रीय समिति बैठकमा छलफल गर्न तयार हुनु भएन । पार्टीको संसदीय दलमा पनि उहाँले अविश्वासको प्रस्ताव लाउन सक्नुभयो । उहाँहरु छक्का पञ्जामा लाग्नु भयो’ पौडेलले भने ।

त्यस्तै, पौडेलले प्रतिनिधिसभाका बहुमत सदस्यको साथमा संसद विघटन गरिएकको पौडेलले बताए । ‘संसद अनुशासित हुन सकेन भनेर ताजा जनादेशका लागि जान संसद विघटन गरिएको छ । तोकिएको समयमा निर्वाचनमा हुन्छ । निर्वाचन आयोगले तोकिएको समयमा निर्वाचन सम्मान गर्न सक्षम रहेको छ ।

उनले निर्वाचन हुन सक्दैन भनेर भ्रम सिर्जना गर्न खोजिएको बताए ।

उनले भने, ‘राजनीतिक दल निर्वाचनमा जान तार छन् निर्वाचन आयोग निर्वाचन गर्न तयार छ भने कसले रोक्छ निर्वाचन ?’ पौडेलको प्रश्न छ । ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बहुमतसहित देश सबैभन्दा ठूलो दल भन्ने उनको दाबी छ । यस्तै फरक प्रसंगमा सबै नेपालीलाई निशुल्क कोरोना खोप उपलब्ध गराउने अर्थमन्त्री समेत रहेका पौडेलले बताए ।

अर्थमन्त्री समेत रहेका पौडेलले कार्यक्रममा भ्रम फैलाउनेहरुप्रति सचेत आग्रह गरेका छन् । ‘निष्पक्ष,स्वतन्त्र निर्वाचन गर्न सुरक्षा निकाय र राजनीतिक दलहरुले भनिरहेका छन् । निर्वाचन आयोग निर्वाचन गर्न तयार छ । सरकार बजेट स्रोत गर्छ । यस्तो बेलामा भ्रम फैलाउने प्रयासलाई च्यातिदिनुहोला भन्ने आग्रह गर्छु ।’

त्यस्तै, उनले पार्टीको एकता जोगाउन गरेका प्रयासहरु निरर्थक भएको दावी गरेका छन् ।

‘पार्टीमा उहाँहरुले गम्भिर आरोप लगाउनुभयो । तर पुष्टि हुने प्रमाणसहित उहाँहरु पार्टी बैठकमा आउने आँट गर्नुभएन’, पौडेलले भने, ‘संसदीय दलको बैठक बसौ, त्यसले अस्वीकार गर्छ भने ठिक छ भन्दा तयार हुनुभएन ।’

छलकपट गरेर अविश्वासको प्रस्ताव ल्याउन लागेको आधिकारिक रुपमा प्रधानमन्त्रीले ओलीले जानकारी पाएपछि संसद विघटन गर्नुपरेको महासचिव पौडेलले बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित