शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

भारतले दिएको कोरोनाविरुद्धको १० लाख खोप आइपुग्यो, कसरी वितरण गरिनेछ ?

दैनिक नेपाल २०७७ माघ ८ गते १४:११

काठमाडौँ, ८ माघ । भारत सरकारले अनुदानस्वरूप दिएको कोरोनाविरुद्धको १० लाख डोज बिहीबार काठमाडौँ आइपुगेको छ ।

एयर इन्डियाको विमानले खोप बोकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

विमानस्थलमै एक औपचारिक कार्यक्रममार्फत भारतले नेपाललाई खोप हस्ताण्तरण गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई भारतीय राजदूतले खोप हस्ताण्तरण गरेका छन् । सरकारले प्राथामिकताका आधारमा खोप वितरण गर्ने जनाइएको छ ।

पहिलो चरणमा स्वास्थ्यकर्मी, अस्पतालमा काम गर्ने सहयोगी, महिला स्वास्थ्य स्वयंसेविका, पालिकाका सफाइकर्मी, शव व्यवस्थापनमा खटिएकालाई खोप उपलब्ध गराउने तयारी छ ।

प्रतिक्रिया
सम्बन्धित