शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

मोरङमा शिक्षकको हत्या गर्ने विप्लवका नाइके पक्राउ

दैनिक नेपाल २०७७ माघ ८ गते ११:४५

विराटनगर, ८ माघ । मोरङ जिल्लाको मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठको हत्यामा संलग्न एक जना पक्राउ परेका छन ।

नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका मोरङ जिल्ला इञ्चार्ज डिबी सिलवाल भनिने धनबहादुर विकलाई हतियारसहित प्रहरीले बुधबार पक्राउ गरेको जनाएको छ ।

मोरङ बुढीगंगा गाउँपालिका–४ स्थित औद्योगिक क्षेत्रबाट विकलाई पक्राउ गरिएको मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले बताएका छन ।

संखुवासभाको मादी नगरपालिका–४ ओखरबोटे बस्ने ३२ वर्षीय विकको साथबाट प्रहरीले सेमी अटोमेटिक पेस्तोल बरामद गरेको छ ।

प्रहरी उपरीक्षक खड्काले विकसहितको समूहले मंसिर २३ गते मिक्लाजुङ गाउँपालिका– १ बर्खेका शिक्षक राजेन्द्र श्रेष्ठको हत्या गरेको थियो । श्रेष्ठको घाँटी रेटेर जंगलमा हत्या गरिएको थियो ।

त्यो घटना अनुसन्धान सिलसिलामा प्रहरीले उनी संलग्न रहेको यसअघि नै पत्ता लगाएको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित